
बिर्तामोड । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएकोे छ ।
विज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् ।
क्याम्पस प्रमुख डा. रुपकप्रसाद खनालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा बिबिए कार्यक्रमका को–अडिनेटर शेखर पाण्डे, बिसिए÷एमबिएका को–अडिनेटर बिमल राजवंशी, रिसर्च डिपार्टमेन्ट हेड निलम संग्रौलाको लगायतको आतिथ्य थियो ।
बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी युनिक श्रेष्ठ, दीपक खनाल, इच्छा केरुङ, आविस्कार दुलाल तथा अन्य विद्यार्थीहरुले सहजीकरण गरेको रक्तदान कार्यक्रममा ६ जना अध्यापक, एक जना कर्मचारी र ४६ जना विद्यार्थीले रक्तदान गरेका थिए ।