२०८२ असार २७, शुक्रवार , ०३:३०:५७ बजे

Sajhamanch
'

२९ जिल्लामा बाढीको जोखिम

शुक्रवार, असार २७, २०८२

काठमाडौं । आज बारा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।

अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार, असार २७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर