
काठमाडौं । बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।
यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जीत निकालेको थियो ।
प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्काबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगीतामा हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अङ्क ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।
नेपालले आज भुटानसँग, पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भुटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।