
काठमाडौं । मनसुनको बेला बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ ।
प्राकृतिक प्रकोपहरूसम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न यसले सहयोग पुर्याउने टिकटकले जनाएको छ ।
अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी प्रमाणित गर्न मद्दत पुग्नेछ ।
टिकटकको सेफ्टी सेन्टरमा उपलब्ध हुने गाइडबाट नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अद्यावधिक जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग पुग्ने टिकटकले जनाएको छ ।
यो गाइडले बिपदका घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिनेछ ।