२०८२ असार २६, बिहिवार , ०४:४८:३२ बजे

Sajhamanch
'

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

बिहिवार, असार २६, २०८२

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा सार्क देशका सबैको स्थान खस्किएको छ । नयाँ वरीयता अनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १३३, माल्दिभ्स १७१औं स्थानमा छन् । नेपालभन्दा तल बङ्गलादेश १८४, भूटान १८६, श्रीलङ्का १९६ र पाकिस्तान २०१औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।

सम्बन्धित खबर