२०८२ असार २६, बिहिवार , १२:३३:४२ बजे

Sajhamanch
'

२६ जिल्लामा बाढीको मध्यम जोखिम

बिहिवार, असार २६, २०८२

काठमाडौं । आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने खोला तथा नदीहरुमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चला, बैतडीमा पनि बाढीको मध्यम जोखिम रहेको छ । बाढीको जोखिम भएका जिल्ला र आसपासका तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ ।

मुख्यगरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । राति पनि धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सम्बन्धित खबर