
सिन्धुपाल्चोक । नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी पुग्ने सडक पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोदारी राजमार्गको इकु भन्ने स्थानमा आज बिहान आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोशीले सडक कटान गरेपछि सडक सुचारु गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ।
सडक विभाग र प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सम्भव भएको छैन।
रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने नाका सम्बद्ध व्यापारीहरुले अपेक्षा गरे पनि जीर्ण सडकको कारण पटक पटक सडक अवरुद्ध भएपछि व्यापारीहरू चिन्तित भएका छन्।