२०८२ असार २५, बुधवार , ०४:४७:५२ बजे

Sajhamanch
'

खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री ओली

बुधवार, असार २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताउनुभएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले अहिले खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको बताउनुभयो ।

पहिला व्यावसायिक खेलाडी वा सम्पूर्ण रूपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको उहाँले उल्लेख गर्नुभयो । परिणामतः नेपालले सफलता हासिल गर्दै गएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको उहाँको भनाइ छ ।

‘खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरू धेरै देशहरूमा सङ्गठित रूपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा सङ्गठित रूमपा खेल अघि बढेको थिएन । अहिले खेल क्षेत्रमा सरकारको पनि ध्यान छ र खेलाडीहरू खेलेर बाँच्न सकिन्छ भन्ने अवस्थमा पुगेका छन् । हामी अनेक हिसाबले प्रगति गर्दैछौँ’, प्रधानमन्त्रीले भन्नुभयो ।