
काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ ।
१८ वर्षपछि पहिलो उपाधि जितेको आरसीबी २६९ मिलियन अमेरिकी डलर ‘ब्रान्ड भ्यालु’ का साथ आईपीएलको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो ।
यस्तै मुम्बई इन्डियन्स २४२ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ दोस्रो स्थानमा आइपुगेको छ । चेन्नई भने २३५ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ तेस्रो स्थानमा झरेको छ ।
यसैगरी कोलकाता नाइट राइडर्स चौथौ, सनराइजर्स हैदराबाद पाँचौं, दिल्ली क्यापिटल्स छैटौं, राजस्थान रोयल्स सातौं, गुजरात टाइटन्स आठौं, पन्जाब किङ्ग्स नवौं र लखनउ सुपर जायन्ट्स दशौं स्थानमा छन् ।
यस्तै आईपीएलको ‘ब्रान्ड भ्यालु’ १२ दशमलव ९ प्रतिशतले बढेर १८.५ अर्ब डलर पुगेको छ ।