२०८२ असार २५, बुधवार , ११:५१:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली शनिबार झापा आउँदै (यस्तो छ भ्रमण तालिका)

बुधवार, असार २५, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन असार २८ गते झापा आउनु हुने भएको छ ।

प्रधानमन्त्री ओली असार २८ र २९ गते दुई जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो ।

इलामको माइ नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पहिलो दिन बुद्धशान्ति गाउँपालिका–३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्घाटन गर्ने त्यसपछि इलामको माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटनसँगै जग्गा धनीपूर्जा वितरण गर्ने तयारी गरिएको छ ।

माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले जानकारी दिनुभयो । यस्तै, सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको नगर प्रमुख लिम्बुले जानकारी दिनुभयो ।

माई नगरपालिकाबाट फर्किएर त्यसैदिन कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।

असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने एमाले झापाका सचिव कार्कीले जानकारी दिनुभयो ।

यस्तो छ भ्रमण तालिका :

सम्बन्धित खबर