
काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जान लाग्नुभएको छ ।
सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जान लाग्नुभएको हो ।
बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।
प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा रसुवातर्फ जानुहुनेछ भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा जान लाग्नुभएको हो । ।
बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जान लाग्नुभएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लाग्नुभएको हो ।