
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ । हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो ।
अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको अवस्थामा स्थानीयवासीले फेला पारी पुनः सोही मन्दिरमा ल्याई राखेका छन् ।
करिब एक महिनाअघि सिदिङवा धाममा श्रीकृष्णको मूर्ति अनावरण गरिएको थियो । सो घटनामा संलग्न व्यक्तिहरूको खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।