२०८२ असार २३, सोमवार , ०४:२६:५८ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

सोमवार, असार २३, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा र सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन् ।

फिन्चुले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिने भन्दै ४५ जनाबाट एक करोड ८० लाख ९३ हजार र उत्तमले सर्बिया पठाइदिने भन्दै एक जनाबाट दुई लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । फिन्चुले काठमाण्डौको नयाँ बानेश्वरमा कन्सल्ट्यान्सी नै सञ्चालन गरेर ठगी गरेका खुलेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

सम्बन्धित खबर