२०८२ असार २३, सोमवार , १२:२७:३६ बजे

Sajhamanch
'

महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो

सोमवार, असार २३, २०८२

काठमाडौं । एएफसी महिला एशियन कप छनोट सन् २०२६ को छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

महिला टोलीलाई एन्फाका पदाधिकारीहरुले स्वागत गरेका छन् । अस्ति भएको फाइनल खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ गालले पराजित भएपछि नेपाली महिला टोलीको २६ वर्षपछि एशियन कपमा पुग्न लक्ष्य असफल भयो ।

उज्बेकिस्तानले समूह चरणका सबै खेलमा विजयी हुँदै २२ वर्षपछि एशियन कपमा स्थान बनायो । नेपालले भने एशियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीङ्कालाई ८–० गोलले हराएको थियो ।

सम्बन्धित खबर