
झापा । झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा कमल गाउँपालिका-४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो ।
गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासंगै बस्दै आएका थिए । उनका बुवा वैदेशिक रोजगारीमा गएका छन् ।