२०८२ असार २२, आइतवार , ०४:४०:३९ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, साढे ९ अर्ब रुपैयाँको कारोबार

आइतवार, असार २२, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७०६ दशमलव ३६ विन्दुमा पुगेको छ । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको हो ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ३ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुडविल फाइनान्स कम्पनीको डिबेन्चर र ग्रीन विकास बैंकको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ३१८ वटा कम्पनीका २ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर