२०८२ असार २२, आइतवार , १२:३२:१७ बजे

Sajhamanch
'

आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम

आइतवार, असार २२, २०८२

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

त्यस्तै काठमाडौं उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, पाल्पा र आसपासका जिल्ला भई बहने नदीमा पनि बाढीको मध्यम जोखिम हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भोलि र पर्सि पश्चिम सेती, महाकालीलगायतका नदीमा बहाब उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र बाढीको जोखिमबाट जोगिन पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

सम्बन्धित खबर