
काठमाडौं । आज सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक आसपास भई बहने नदीमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अरू २१ जिल्लामा बाढीको जोखिम छ ।
काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, आसपास भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुमपश्चिम, रुकुम पूर्व, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर आसपास भई बग्ने नदीहरुमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।