
काठमाडौं । भारतको केन्द्रीय प्रशासनिक न्यायाधिकरण (सीएटी) ले गएको जुन ४ मा चिन्नास्वामी रङ्गशालाबाहिर ३ देखि ५ लाख जना मानिसको भीड जम्मा गर्नुमा रोयल च्यालेन्जर्स बेङ्गलुर (आरसीबी) नै जिम्मेवार रहेको बताएको छ ।
सीएटीको दुई सदस्यीय बेन्चले आरसीबीले विजय उत्सव कार्यक्रमका लागि आवश्यक अनुमति र सहमति नलिएको बताएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । आरसीबीले कार्यक्रमका लागि पूर्वअनुमति नलिँदा अराजकता सिर्जना भएको खबरमा उल्लेख छ ।
पहिलो पटक उपाधि जितेको एक दिनपछि आरसीबीले विजय उत्सव आयोजना गरेको दिन भीड जम्मा भएको थियो । प्रहरीले भीडलाई सम्हाल्न नसकेपछि रङ्गशालाबाहिर भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको थियो भने ५० जनाभन्दा धेरै घाइते भएका थिए ।