२०८२ असार १६, सोमवार , ०५:५२:०१ बजे

Sajhamanch
'

शेयर बजार आज पनि बढ्यो, ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार

सोमवार, असार १६, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज ९ अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अङ्कले बढेर २ हजार ६३१ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत् र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर १ दशमलव ६३ प्रतिशतले उकालो लागेको छ ।

आज राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पञ्चकन्या माई हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३१८ वटा कम्पनीका १ करोड ४१ कित्ता शेयर ६ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर