२०८२ असार १६, सोमवार , ०४:३३:२६ बजे

Sajhamanch
'

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जीप सफारी बन्द

सोमवार, असार १६, २०८२

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना निकालेर वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जीप सफारी बन्द गरेको जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो हप्तासम्म जीप सफारी बन्द गरिएको हो । त्यति बेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि वर्षा कम भएमा असोजको पहिलो हप्ता सफारी खुल्नेछ ।

वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको हो ।

निकुञ्जको सौरहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट ९ वटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जीप सफारी नियमित सञ्चालन हुनेछ ।

सम्बन्धित खबर