२०८२ असार १६, सोमवार , ०४:३१:३३ बजे

Sajhamanch
'

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

सोमवार, असार १६, २०८२

काठमाडौं । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।

सम्बन्धित खबर