२०८२ असार १६, सोमवार , ११:५३:११ बजे

Sajhamanch
'

झापामा ९० प्रतिशत रोपाइ गर्न बाँकी

सोमवार, असार १६, २०८२

झापा । झापामा यो वर्षको धान दिवसका दिनसम्म ९० प्रतिशत खेत बाँझो रहेको छ । आइतबारसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ ।

पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो । अघिल्लो वर्ष ११ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए ।

उनले पर्याप्त वर्षा नहुँदा किसानहरूले धूमधामले खेती गर्न नपाएको र बोरिङ हुने किसानहरूले मात्र सामान्य रूपमा रोपाइँ गरेको जानकारी दिए ।

एक लाख ६० हजार ६०० हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ४५९ दशमलव १८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

यसपटक समयमा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न समस्या भइरहेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।

झापामा परम्परागत हलो जोताई, छरुवा धानका लागि ड्रमसिडर र राइस ट्रान्सप्लान्टरमार्फत रोपाइँ गरिएको छ ।

सम्बन्धित खबर