
काठमाडौं । लिओनल मेस्सीको क्लब इन्टर मियामी ‘क्लब विश्वकप’बाट बाहिरिएको छ । एटलान्टामा भएको प्रि–क्वाटरफाइनल अन्तिम १६ मा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग ४–० को हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको पहिलो हाफमै पीएसजीले चार गोल गर्दै दर्ता गर्यो। अनमार्क रहेका जोआओ नेभेसले छैटौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे ।
त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे । ४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि गोल ३–० भयो ।
पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गर्दै इन्टर मियामीको पुनरागमनको ढोका बन्द गरे ।
अब पीएसजीले शनिवार हुने क्वाटरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।