२०८२ असार १५, आइतवार , ०९:४५:५५ बजे

Sajhamanch
'

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगिता : नेपालले आज इन्डोनेसियासँग खेल्दै

आइतवार, असार १५, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजेबाट खेल शुरु भए सकेको छ ।

अहिलेसम्म खेलेका दुई वटै खेलमा नेपाल विजयी भएको छ । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट र दोश्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । चार खेलमा छ अङ्कसहित सिङ्गापुर शीर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि मङ्गलवार भुटानसँग खल्नेछ ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।

सम्बन्धित खबर