२०८२ असार १४, शनिवार , ०८:४३:५९ बजे

Sajhamanch
'

बिर्तामोडमा मिसन युएसएका दुईवटा शाखा भोलिदेखि शुरु हुँदै

शनिवार, असार १४, २०८२

बिर्तामोड । विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले झापामा भोलिदेखि दुई वटा शाखा कार्यालय शुरु गर्ने भएको छ ।

काठमाडौंका दुई स्थानबाट परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले चितवनको भरतपुरमा तेस्रो शाखा सञ्चालन गरेको लामो समयपछि झापको बिर्तामोडमा एकैपटक दुईवटा कार्यालय सुरु गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जनाइएको हो ।

मिसन युएसए एजुकेशनल कन्सल्टेन्सी प्रालिले भोलिदेखि बिर्तामोडको मेगा कम्प्लेक्स र हनुमान सेन्ट्रलमा स्थापित शाखा कार्यालयबाट परामर्श सेवा दिने सिईओ सञ्जय घिमिरेले बताउनु भयो ।

पूर्वका विद्यार्थीको मागलाई ध्यानमा राखेर एकैपटक दुईवटा शाखा स्थापना गरिएको संस्थापक सीइओ घिमिरेको भनाई छ ।

बिर्तामोडका दुवै कार्यालयको आइतबार उद्घाटन गरिने व्यवस्थापक उज्वल गौतमले बताए । कार्यक्रममा शिक्षासेवी डा. रुपक खनाल र कलाकार अञ्जना बराइलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

विशेष गरी अमेरिका अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिन कार्यालय सञ्चालन गरिए पनि सबै विद्यार्थीको अमेरिकामा भिषा नलाग्ने भएकाले मिसन युएसएले अष्ट्रेलिया र युकेका लागि समेत परामर्श र सहजीकरणको काम गर्दै आएको घिमिरेले जानकारी दिनुभयो ।

उद्घाटनको अवसरमा नयाँ विद्यार्थीहरुलाई २ हजारमा आइएलटीएसको कक्षा गराइने र यो अफर केहि दिन चल्ने बिर्तामोड शाखा इञ्चार्ज कमल सिग्देलले बताउनु भयो ।

सम्बन्धित खबर