
काठमाडौं । न्युजिल्यान्डले जिम्बाले र दक्षिण अफ्रिकासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ । न्युजिल्यान्डले धेरै प्रमुख खेलाडीहरूसहित १५ सदस्यीय टोली घोषणा गरेको हो ।
गएको मार्चमा घरेलु मैदानमा भएको पाकिस्तानसँगको अन्तिम टी–२० शृङ्खलाबाट बाहिरिएका ग्लेन फिलिप्स, रचिन रविन्द्र र कप्तान मिचेल सान्टनरजस्ता खेलाडी टोलीमा फर्किएका छन् ।
यस्तै अनक्याप्ड ब्याटर बेभोन ज्याकब्स र तीव्र गतिका बलर एडम मिल्ने टोलीमा अटाएका छन् । तीव्र गतिका तीन जना बलर बेन सियर्स, लकी फर्गुसन र काइल जेमिसनका साथै अनुभवी ब्याटर भने टोलीबाट बाहिर छन् ।
दक्षिण अफ्रिका, न्युजिल्यान्ड र घरेलु टोली जिम्बावेबीचको त्रिदेशीय टी–२० शृङ्खला आउँदो जुलाई १४ देखि २६ सम्म हरारेमा हुनेछ । त्रिदेशीय टी–२० शृङ्खलाका लागि दक्षिण अफ्रिकाले हिजो टोली घोषणा गरेको थियो ।