२०८२ असार १२, बिहिवार , ११:०४:४८ बजे

Sajhamanch
'

च्छोरोल्पा संवादमा हिमताल संरक्षण र जलवायु परिवर्तनको असरबारे छलफल

बिहिवार, असार १२, २०८२

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पर्ने च्छोरोल्पा ताल संरक्षण र जलवायु परिवर्तनको असरबारे तीनदिने संवाद कार्यक्रम भएको छ । दोलाखाको सिंगटीमा गएको असार ५, ६ र ७ गते च्छोरोल्पा संवाद भएको हो ।

कार्यक्रमका संयोजक तथा डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार जलवायु परिवर्तनले च्छोरोल्पा तालमा पारेको असरका विषयमा स्थानीय नागरिक र सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।

हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेसँगै हिमतालको आकार बढिरहेकाले भविष्यमा हिमताल विस्फोटको जोखिम बढाउनेतर्फ सावधानी अपाउन छलफल हो । विगतमा च्छो रोल्पा ताल विस्फोटको हल्लाले स्थानीयमा त्रास फैलिएको थियो ।

समुद्री सतहदेखि चार हजार ५८० मिटर उचाइमा अवस्थित च्छो रोल्पा ताल नेपालको सबैभन्दा ठूलो हिमताल हो । वैज्ञानिक दृष्टिले संवेदनशील मानिने यो ताल गौरीशंकर र पुलिस हिमशृङ्खलाको काखमा अवस्थित छ ।

ताल संरक्षण र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र जोखिमबारे नागरिकमा सचेतना बढाउने काम भइरहेको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताउनुभयो ।

च्छोरोल्पा ताल जलवायु परिवर्तन, साहसिक पर्यटन, जैविक विविधता र संस्कृतिको संगम स्थल भएकाले यसको संरक्षण सबैको साझा दायित्व रहेको सहभागीहरूको निष्कर्ष छ ।

सम्बन्धित खबर