
काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिका ६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब इञ्जिनियर सविन दाहालको ज्यान गएको छ ।
वडा अध्यक्ष विनोद चौरेलका अनुसार हिजो साँझ ठूलादुर्लुङको भर्याङखोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको ज्यान गएको हो ।
बेलुकी साढे ७ बजेतिर मोटरसाइकलमा खोला तर्ने क्रममा दाहालको बाढीले बगाएर ज्यान गएको वडा अध्यक्ष चौरेलले बताउनुभयो ।
बाढीले त्यसक्षेत्रका लेले चन्दनपुर र ठूलादुर्लुङ सडक अवरुद्ध छन । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउनुपर्ने भए पनि सडक बन्द बन्द हुँदा समस्या भएको छ ।