२०८२ असार १२, बिहिवार , ०९:२४:०८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

बिहिवार, असार १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देश स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्सि शनिवार त्यसतर्फ जाँदै हुनुहुन्छ ।

उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।

यस्तै प्रधानमन्त्रीले त्यहाँ रहेका नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्नुहुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

स्पेनमा विभिन्न पेशा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ ।

सम्बन्धित खबर