२०८२ असार ११, बुधवार , ०८:३९:५८ बजे

Sajhamanch
'

शिक्षासेवी प्रसाईको स्मृतिमा व्यवसायी सदस्य राहत कोषलाई ५१ हजार प्रदान

बुधवार, असार ११, २०८२

बिर्तामोड । शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट स्कूलको तर्फबाट व्यवसायी सदस्य राहत कोषलाई ५१ हजार प्रदान गरिएको छ ।

बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको ‘व्यावसायी सदस्य राहत कोष’का लागि बुधवार प्रिन्सिपल देवेन्द्र हुँमागाई नेतृत्वमा आएको टोलीले विद्यालयका तर्फबाट ५१ हजार रुपैयाँ प्रदान गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रिन्सिपल हुँमागाईले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गर्दै संघले अत्यन्त राम्रो काम गरेको र आगामी दिनमा समेत वााणिज्य संघसँग न्यूटन्स स्कूल सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’, उपाध्यक्षद्वय जीवन खड्का, विशाल थापासहित संघका पदाधिकारीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

विद्यालयका पिन्सिपल हुँमागाईसहित प्लसटु कोअडिनेटर केवल सापकोटा, सहइन्चार्ज (प्रावि सेक्सन) अनिल राई, बालक्लव संयोजक नेत्रप्रसाद निरौला, को–अडिर्नेटर (प्रिप्राइमरी) सावित्रा चापागाई, लजिस्टिक अफिसर केशव पोखरेल, लेखा शाखाका कर्मचारी बविना भट्टराई, स्वास्थ्य शाखा इञ्चार्ज सुनिता लिम्बूको उपस्थिति थियो ।

उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संचालन गरेको कार्यक्रममा संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी सदस्य राहत कोष वृद्धिका लागि सहयोग पुर्याएकोमा विद्यालयलाई कदर पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खबर