२०८२ असार ११, बुधवार , ०९:१०:२३ बजे

Sajhamanch
'

शेयर बजारमा झन्डै ६ अर्ब रुपैयाँको कारोबार

बुधवार, असार ११, २०८२

काठमाडौं । शेयर बजार आज पनि खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अङ्कले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ । बजार खासै घटबढ नभएको दिन मोदी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ५ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर