
मोरङ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ ।लागूऔषध कसुरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका-२ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । थप उपचारको लागि असार ३ गते साँझ ७ः३० बजे विराट टिचिङ अस्पताल गंगाचोकमा लगि भर्ना गरी उपचार भइरहेकोमा हिजो साँझ ७ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लागूऔषध कसुरमा गत पुस ४ गतेबाट ५ वर्ष २ महिना र ७ हजार रुपैयाँ जरिवाना तोकी उनले कैद भुक्तान गरिरहेका थिए ।