
झापा । झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ ।
झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो ।
गत वर्षको तुलना यो आर्थिक वर्षमा १ करोड ९९ लाख ३८ हजार पाँच सय चौसट्ठी रुपैयाँको बढी बजेट आएको हो । गत वर्ष ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ विनियोजन भएको थियो
झापा गाउँपालिकाको सभा हलमा भएको १८औं गाउँ सभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ रु. १० करोड १७ लाख ५२ हजार ५६४ रुपैयाँ , संघीय सशर्त अनुदान रु. २२ करोड ७३ लाख , संघीय समानीकरण अनुदान रु. ११ करोड ३८ लाख , संघीय समपूरक अनुदान रु. ७४ लाख , प्रदेश समानीकरण अनुदान रु. १ करोड ७ लाख ९८ हजार , प्रदेश राजश्व बाँडफाँट रु. ७१ लाख १९ हजार , घरजग्गा रजिस्ट्रेसन दस्तुर रु. ५० लाख , प्रदेश सशर्त अनुदान रु. ८९ लाख ७४ हजार , प्रदेश समपूरक अनुदान रु. १ करोड र आन्तरिक आय रु. २ करोड रुपैयाँ गरेर अनुमानित आय रु. ५१ करोड ४२ लाख ४३ हजार ५०० चौसट्ठी रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले व्ययतर्फ चालु खर्च शीर्षकमा सम्पूर्ण क्रियाकलापहरूका लागि एकमुष्ट रु. ७ करोड १२ लाख रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्चतर्फ आर्थिक विकास रु. १ करोड ३८ लाख , पूर्वाधार विकासतर्फ रु. १० करोड ३२ लाख ७२ हजार , वन वातावरण विपद् तथा सरसफाइतर्फ रु. २६ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ रु. ४८ लाख ३१ हजार ५६४ रुपैयाँ , सामाजिक विकासतर्फ रु. ६ करोड २७ लाख ६६ हजार गरी जम्मा रु. ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँ अनुमानित खर्च प्रस्तुत गरिएको छ ।