२०८२ असार १०, मङ्गलवार , ०९:०५:३५ बजे

Sajhamanch
'

शेयर बजारमा कारोबार रकम ५ अर्ब ७६ करोडमा खुम्चियो

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २२ अङ्कले घटेर २ हजार ६०० दशमलव ५३ विन्दुमा झरेको छ ।

आज बैंक, लगानी, उत्पादन, लघुवित्त र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १४२ वटा कम्पनीको शेयर घटेको छ भने १०७ वटा कम्पनीको शेयर बढेको छ ।

आज एनआईसी एशिया बैंकको डिबेन्चर ५ प्रतिशतले घटेको छ । बजार खासै घटबढ नभएको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर ८ प्रतिशतले बढेको छ ।

आज कारोबार रकम घटेको छ । हिजो ६ अर्ब ४७ करोडको कारोबार भएकोमा ३१६ वटा कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर ५ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ । शेयर कारोबार रकम ३ दिनयता घटिरहेको छ ।

सम्बन्धित खबर