
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तलाई कारबाही गरेको छ ।
हेडिङ्ग्लेमा घरेलु टोली इङ्ग्ल्यान्डसँगको पहिलो टेस्टको तेस्रो दिन अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकोमा आईसीसीले पन्तलाई कारबाही गरेको हो । उनी आईसीसी आचारसंहिताको लेभल–१ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका छन् ।
यसबाहेक आईसीसीले पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अङ्क थपेको छ । पछिल्लो २४ महिनामा उनको यो पहिलो अपराध हो ।
इङ्ग्ल्यान्डको पहिलो पारीमा ह्यारी ब्रुक्स र बेन स्टोक्सले ब्याटिङ गरिरहेका बेला २७ वर्षीय पन्तले अम्पायरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ऋषभ पन्तले बललाई लिएर अम्पायरसँग बहस गरेका थिए । अम्पायरहरूले बल हेरेर परिवर्तन गर्न अस्वीकार गरेपछि उनले बल भुइँमा फ्याँकेका थिए ।
पन्तले आईसीसी म्याच रेफ्री रिची रिचर्डसनसमक्ष आफ्नो गल्ती स्वीकार गरेकाले उनीविरुद्ध कुनै अनुशासनात्मक कारबाही भने भएन ।