२०८२ असार १०, मङ्गलवार , ०४:०३:४० बजे

Sajhamanch
'

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारको तयारी

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपमा देशहरूमा संस्थागत प्रक्रियाबाट पठाउने गरी तयारी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आउँदो जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया शुरू गर्ने बताए। वैदेशिक रोजगार नीतिअनुसार नेपालीलाई कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको उनले जानकारी दिए।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न कडा कारबाही गरिने पनि मन्त्री भण्डारीले चेतावनी दिए। साथै इरान र इजरायलबीच उत्पन्न सङ्कटबाट त्यहाँ कार्यरत नेपाली श्रमिकमा परेको र पर्न सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको उनले बताए।

मङ्गलवार, असार १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर