
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हिजो अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
प्रतियोगिता आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा आयोजना हुँदैछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले गएको बिहीवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ । नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ ।