२०८२ असार १०, मङ्गलवार , १०:०१:०१ बजे

Sajhamanch
'

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको समय तोकिएको छ । समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ ।

भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० गते दुई बुँदे सहमति भएको थियो । भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएका छन् ।

सम्बन्धित खबर