२०८२ असार १०, मङ्गलवार , १०:००:१६ बजे

Sajhamanch
'

बाढीले हेवा खोलाको डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध

मङ्गलवार, असार १०, २०८२

झापा । बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाको कारण हेवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभरफ्लो भई बगेका कारण मेची राजमार्ग अवरुद्ध भएको हो ।

राति ठुलो पानी परेपछि ओभरफ्लो भई डाइभर्सन माथिबाट बग्न थालेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

हेवा खोलाले फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गलाई जोडेको छ । बाटो अवरुद्ध भएपछि धेरै सवारी साधन अलपत्र परेको प्रहरीले जनाएको छ ।

मङ्गलवार, असार १०, २०८२ | मुख्य समाचार, समाज