
काठमाडौं । लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६०० दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ दशमलव २० प्रतिशतले उकालो लागेको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर झन्डै १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।