२०८२ असार ९, सोमवार , १०:५४:५२ बजे

Sajhamanch
'

सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी प्लेयर अफ द म्याच

सोमवार, असार ९, २०८२

काठमाडौं । एसीसी पुरुष १६ वर्षमुनिको इस्ट जोन कपअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैशी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।

हिजो सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् ।

नेपाललाई सहज जीत दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए । उनले ९७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन बनाए ।

प्रसिद्धले सिंगापुरका लागि अर्धशतक बनाएर खेलिरहेका कप्तान रियन नायकको क्याचसमेत लिएका थिए । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सम्बन्धित खबर