२०८२ असार ८, आइतवार , ०५:००:४५ बजे

Sajhamanch
'

संसद् भवनको क्यान्टिनको छतबाट खसेर कामदार घाइते

आइतवार, असार ८, २०८२

काठमाडौं । काठमाडौंको संघीय संसद भवनको क्यान्टिनको फल्स सिलिङ मर्मत गर्ने क्रममा खसेर एक जना कामदार घाइते भएका छन्।

आइतबार दिउँसो क्यान्टिनको छानोमा रहेको फल्स सिलिङ बनाउने क्रममा कामदार घाइते भएका हुन्।

घाइते कामदारको उपचारको लागि सांसद तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल पुर्‍याइएको एक प्रत्यक्षदर्शीले बताए।

क्यान्टिनका व्यवस्थापक नेत्र शाहीका अनुसार क्यान्टिनको छानोबाट पानी चुहिने समस्या थियो। त्यही भएर छानो बनाउने काम भइरहेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार घाइते हुने काभ्रे धुलिखेलका २८ वर्षीय दिपेश तामाङ हुन्।

उनको छाती, टाउको, बायाँ हात र बायाँ शरीमा चोट लागेको एसपी बोहराले बताए। तामाङ २० फिट माथिबाट खसेका हुन्।

सम्बन्धित खबर