२०८२ असार ६, शुक्रवार , ०३:४५:३७ बजे

Sajhamanch
'

महिला एशियन कप छनोटका लागि नेपाली टोली घोषणा

शुक्रवार, असार ६, २०८२

काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

उज्वेकिस्तानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आज अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा पहिलो पटक प्रतीक्षा चौधरी परेकी छिन् ।

नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलङ्का पनि छन् । नेपालले आउँदो असार १५ गते लाओससँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

यस्तो छ नेपाली टोली–

गोलकीपर : अञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया धामी, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्ड : सवित्रा भण्डारी, रश्मीकुमार घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

सम्बन्धित खबर