२०८२ असार ६, शुक्रवार , १२:४१:५९ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको प्रश्नोत्तरमा पनि रास्वपाको अवरोध जारी रहने

शुक्रवार, असार ६, २०८२

काठमाडौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध जारी रहने भएको छ ।

सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए । जवाफमा परियारले रास्वपाले विरोध जारी राख्ने बताए ।

सम्बन्धित खबर