२०८२ असार ५, बिहिवार , ०५:१७:३० बजे

Sajhamanch
'

७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि, बिरामीको सङ्ख्या थपिँदै

बिहिवार, असार ५, २०८२

काठमाडौं । पछिल्लो ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ दिनमा ३० जना र बितेको २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिए ।

महाशाखाका अनुसार गएको पुस १७ गतेपछि १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा ५, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा ३/३ जनामा सङ्क्रमण देखिएको छ ।

यसैबीच सङ्क्रमण देखिएका ठाउँमा परीक्षण किट एन्टिजेन पठाएको निर्देशक डा. झाले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको तर आत्तिनुपर्ने अवस्था नरहेको बताए।

कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक जोखिममा रहे पनि अत्यधिक फैलिएर समस्या ल्याउने अवस्था नरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर