
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने पथरभिट्टा–शिवालय चोक हुँदै कटहरडाँगीसम्मको द्रोणमार्ग खण्डको सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा भइरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास आयोजना कार्यालय भद्रपुरको ५८ लाख ७५ हजार २८० रुपैयाँ (भ्याट र पीएस बाहेक)मा ओम साई निर्माण सेवाले करिब ६८० मिटर लम्बाइ र ६ दशमलव ३० मिटर चौडाइको सो सडक ठेक्का लिएर स्तरोन्नति कार्य भइरहेको हो ।
सडक कालोपत्रे भइरहेको कार्यको प्राविधिकसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत जनप्रतिनिधि र अधिकारीहरुले अनुगमन गरेका छन् ।