
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ०७ अङ्कले घटेर २ हजार ६५३ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, जीवन बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र होटल समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज कर्पोरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका २ करोड ३४ लाख कित्ता शेयर ९ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।