२०८२ असार ४, बुधवार , १२:१३:१६ बजे

Sajhamanch
'

बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी

बुधवार, असार ४, २०८२

काठमाडौं । बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ ।

यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसैगरी धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकदर्फी बनेको प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जनाएको छ ।

सम्बन्धित खबर