२०८२ असार ४, बुधवार , ०९:५८:१० बजे

Sajhamanch
'

उदयपुरमा दुई जनाको शव भेटियो

बुधवार, असार ४, २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् ।

अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब २०० मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनीहरुका मृत्युको कारण यकिन भइसकेको छैन । ‘शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान जारी छ,’ एसपी योगीले भने ।

सम्बन्धित खबर